(१) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम केन्द्रलाई प्राप्त भएको सम्पूर्ण काम, कर्तव्य तथा अधिकारको प्रयोग गरी केन्द्रको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि देहाय बमोजिमको एक सञ्चालक समिति गठन हुनेछ :
(क) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वा राज्यमन्त्री
(ख)…………………………..
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने) – सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको अर्थ मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ङ) सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा निजले तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
(च) हृदयरोग सम्बन्धी विशेषज्ञ चिकित्सकमध्येबाट नेपाल सरकारबाट मनोनीत तीनजना – सदस्य
यस खण्ड बमोजिम सदस्य मनोनयन गर्दा केन्द्रमा कार्यरत विशेषज्ञ चिकित्सकमध्येबाट दुई जना मनोनयन गरिनेछ ।
(छ) लब्ध प्रतिष्ठित महिला समाजसेवी मध्येबाट एकजना – सदस्य
(ज) चन्दादाताहरुमध्येबाट सञ्चालक समितिको सिफारिसमा नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य
(झ) विभिन्न चिकित्साशास्त्र अध्ययन संस्थानका प्रमुखहरुमध्येबाट नेपाल
सरकारबाट मनोनीत एकजना – सदस्य
(ञ) हृदयरोग निवारणको क्षेत्रमा राष्ट्रिय स्तरमा कार्यरत प्रतिष्ठित गैर सरकारी संस्थाका प्रमुखहरुमध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य
(ट) कार्यकारी निर्देशक – सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (च), (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्यहरुको पदावधि चार वर्षको हुनेछ र निजहरु पुन मनोनीत हुन सक्नेछन्।
(३) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा आमन्त्रण गर्न सक्नेछ ।
(४) समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।